गृहपृष्ठ नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२,३०९ पुग्यो
नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२,३०९ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । गएको २४ घण्टामा मात्रै ५५४ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।
त्यस्तै १ जनाको ज्यान गएको छ । अहिलेसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।
आज मात्रै १३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या दुई हजार ८३४ पुगेको छ । गएको २४ घण्टामा चार हजार ६०५ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा २ लाख १० हजार ८७६ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रकाशित समय १६:२५ बजे

















