गृहपृष्ठ इन्धनको मूल्य बढ्यो : पेट्रोलको प्रतिलिटर १०१ र डिजेल/मट्टितेलको ८७ रुपैयाँ कायम

इन्धनको मूल्य बढ्यो : पेट्रोलको प्रतिलिटर १०१ र डिजेल/मट्टितेलको ८७ रुपैयाँ कायम

petrol mulya-newskarobar

मंगलबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढेको छ ।

पछिल्लो पटक इन्डियन आयल कर्पोरेशनबाट १६ जुन २०२० मा प्राप्त खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० हवाइ इन्धनमा प्रतिलिटर ६.६ रुपैयाँले बृद्धि भएको हुँदा निगमको १६ गतेको निर्णयअनुसार मंगलबार राति १२ बजेबाट लागू हुने गरी इन्धनको मूल्य बढेको जनाएको छ ।

नेपाल आयल निगमका अनुसार साविकको खुद्रा मूल्यमा क्रमश पाँच रुपैयाँ र दुई रुपैयाँ प्रतिलिटर वृद्धि गरी काठमाडौंका लागि पेट्रोलको खुद्रा मूल्य १०१ रुपैयाँ प्रतिलिटर र डिजेल मट्टितेलको खुद्रा मूल्य८७ रुपैयाा कायम गरिएको आयल निगमले जनाएको छ ।

प्रकाशित समय २०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु