गृहपृष्ठ अग्नि ग्रुपद्वारा बाराको सिमरामा सर्भिस सेन्टर स्थापना

अग्नि ग्रुपद्वारा बाराको सिमरामा सर्भिस सेन्टर स्थापना

महिन्द्रा फोरह्विलरको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा महिन्द्रा फोरह्विलर सवारी साधनको सर्भिस सेन्टर स्थापना गरेको छ ।  कम्पनीका अनुसार सेवा केन्द्र ‘सिमरा अटो जोन’ त्यस क्षेत्रका लागि बालाजु अटोवर्क्सको अधिकृत सुसज्जित डिलर हो ।

सर्भिस सेन्टरको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनाल र बालाजु अटोवर्क्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले मंगलबार संयुक्त रूपमा उद्घाटन गरेका छन् । कार्यक्रममा सिमरा अटो जोनका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्री र स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो ।

‘यो सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य बारा र वरपरका क्षेत्रका ग्राहकलाई सुविधाजनक र किफायती सेवा दिई उहाँहरूलाई कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराउने उद्देश्य छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बालाजु अटोवर्क्सका प्रबन्ध निर्देशक शर्माले सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरूमा ग्राहकलाई अधिकतम सन्तुष्टि दिनका लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी केन्द्रित रहँदै आएको बताए । यो सर्भिस सेन्टरले ग्राहकलाई महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, थारलगायतका सबै उत्पादन शृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउनेछ ।

सिमरा अटो जोन जितपुर‑सिमराका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्रीले कम्पनीको प्रमुख उद्देश्य महिन्द्राको सवारी साधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्ट्स प्रदान गर्नु रहेको बताए । यो क्षेत्रमा सर्भिस सेन्टरको स्थापनाले आगामी दिनमा ग्राहक र कम्पनीबीचको विश्वासलाई अझ प्रगाढ बढाउन मद्दत पुग्ने विश्वास लिइएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु