गृहपृष्ठ विश्वभर एकै दिनमा थपिए दुई लाखभन्दा बढी कोरोना संक्रमित

विश्वभर एकै दिनमा थपिए दुई लाखभन्दा बढी कोरोना संक्रमित

संक्रमितको संख्या एक करोड आठ लाख नाघ्यो, ५९ लाख ३८ हजारभन्दा बढी डिस्चार्ज

विश्वभर एकै दिनमा दुई लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार एक करोड आठ लाख दुई हजार ९४९ जनामा कोरोना भाइरस पुगेको छ ।
कुल संक्रमितमध्ये पाँच लाख १८ हजार ९२१ जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा मात्रै विश्वभर पाँच हजार चार सयभन्दा बढीले ज्यान गुमाएपछि मृतकको संख्या पाँच लाख नाघेको हो । त्यस्तै कुल संक्रमितमध्ये ५९ लाख ३८ हजारभन्दा बढी डिस्चार्ज भइसकेका छन् भने ४३ हजार ४४ हजार जनाको उपचार भइरहेको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा २७ लाख ७९ हजारभन्दा बढी व्यक्तिमा भाइरस देखिएको छ । त्यस्तै एक लाख ३० हजार ७९८ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् ।

एकै दिनमा अमेरिकामा ५१ हजार ९७ जनामा संक्रमण देखिएको छ भने ६७६ जनाको ज्यान गएको छ । त्यस्तै अमेरिकामा ११ लाख ६४ हजारभन्दा बढीको सफल उपचार भइको छ भने १४ लाख ८४ हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचाररतमध्ये पनि १५ हजारभन्दा बढीको अवस्था चिन्ताजनक रहेको छ ।

ब्राजिलमा पनि कोरोना संक्रमितको संख्या १४ लाख ५३ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ४४ हजारभन्दा बढी व्यक्तिमा कोरोना देखिएपछि संक्रमितको संख्या १४ लाख ५३ हजार ३६९ पुगेको हो ।

प्रकाशित समय ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु