गृहपृष्ठ गण्डकी प्रदेशमा कोराना संक्रमितको संख्या हजार नाघ्यो
गण्डकी प्रदेशमा कोराना संक्रमितको संख्या हजार नाघ्यो
गण्डकी प्रदेशमा बिहीबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप ८ जना संक्रमितसहित गण्डकी प्रदेशमा कोराना संक्रमितको सख्या एक हजार १४ पुगेको छ ।
गण्डकी प्रदेशको चार जिल्ला अन्तर्गत बाग्लुङमा १, स्याङ्जामा २ जना, तनहुँमा ३ र पर्वतमा २ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बाग्लुङ नगरपालिकामा २५ वर्र्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा २० वर्षीय पुरुष र वालिङ नगरपालिकामा १३ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी तनहुँको क्रृषिङ गाउँपालिकामा वर्ष २६ र २७ का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्वतको कुश्मा नगरपालिकामा २७ वर्षीय पुरुष र फलेबास नगरपालिकामा २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । यससँगै गण्डकी प्रदेशमा अहिलेसम्म २८७ जना निको भएर घर फर्केका छन् भने स्याङ्जा जिल्लाका २ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय ०९:१५ बजे

















