गृहपृष्ठ सलहले देशभर ११ सय हेक्टर कृषि बालीमा क्षति
सलहले देशभर ११ सय हेक्टर कृषि बालीमा क्षति
एक साताअघि नेपाल प्रवेश गरेको सलहले हालसम्ममा देशभर ११ सय हेक्टरबराबरको कृषि बालीमा क्षति पुर्याएको छ । प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषि सचिव राजेन्द्रप्रसाद भारीले मकवानपुर, दाङ, प्युठान र अर्घाखाँचीमा सलहले ठूलो मात्रामा क्षति पुर्याएको जानकारी दिएका हुन् ।
सलहले अन्नबाली मात्रै नभएर रुखका बोक्रा पनि खाने गर्छ । नेपालमा यसअघि सन् १९६२ मा सलह भित्रिएको हो । अरेबियन देश हुँदै इरान, अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपालमा उत्तर(दक्षिण हावा चलेका कारण सहल प्रवेश गरेको विज्ञहरुको भनाइ छ ।
प्रकाशित समय १८:३७ बजे

















