गृहपृष्ठ कांग्रेसले कोभिड १९ अनुगमन समिति गठन गर्नै लगायो २५ दिन

कांग्रेसले कोभिड १९ अनुगमन समिति गठन गर्नै लगायो २५ दिन

कोभिड १९ संक्रमणविरुद्ध सरकारका कामकारबाही सुस्त भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले २५ दिनअघि गठन गरेको कोभिड १९ अनुगमन समितिले बल्ल पूर्णता पाएको छ । कोभिड १९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न जेठ २६ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बल्ल ३५ सदस्यीय समितिले पूर्णता पाएको हो ।

जेठ २६ गतेको बैठकले सहमहामन्त्री डा. प्रकाशरण महतको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो । समितिमा केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञ सहभागी छन् ।

संयोजक – डा. प्रकाशशरण महत

सदस्य – एन.पी. साउँद

सदस्य – महालक्ष्मी उपाध्याय ‘डिना’

सदस्य – डा. चन्द्र भण्डारी

सदस्य – महेन्द्र यादव

सदस्य – गगनकुमार थापा

सदस्य – जीवन परियार

सदस्य – पार्वता डी.सी. चौधरी

सदस्य – गुरुराज घिमिरे

सदस्य – मोहनबहादुर बस्नेत

सदस्य – योगेन्द्र चौधरी

सदस्य – रमा कोइराला पौडेल

सदस्य – ध्रुव वाग्ले

सदस्य – दिव्यमणि राजभण्डारी

सदस्य – राजीवविक्रम शाह

सदस्य – नैनसिंह महर

सदस्य – डा. पोषराज पाण्डे

सदस्य – डा. प्रभु बुढाथोकी

सदस्य – डा. माधवी भट्ट

सदस्य – डा. लक्ष्मीराज पाठक

सदस्य – डा. मुक्तिराम श्रेष्ठ

सदस्य – बद्री सिग्देल

सदस्य – डा. अच्युत वाग्ले

सदस्य – सूर्यकान्त घिमिरे

सदस्य – प्रेमध्वज लामा

सदस्य – प्रा. डा. धनेश्वर नेपाल

सदस्य – डा. किरण रेग्मी

सदस्य – रवीजंग पाण्डे

सदस्य – बद्री अर्याल

सदस्य – लालबहादुर पुन

सदस्य – देवीप्रकाश भट्टचन

सदस्य – डा. अशेष ढुंगाना

सदस्य – दिपकराज भट्ट

सदस्य – सरिन घिमिरे

सदस्य – विमल ढकाल

सदस्य सचिव – डा. प्रदीप पराजुली

समितिका संयोजक महत कोभिड १९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा स्वास्थ्य र अर्थमन्त्रीहरुसँग भएको छलफल, क्वारेन्टाइन अनुगमन गर्दाको अवस्थालगायत हालसम्म भएका विविध विषयमा जानकारी गराएका थिए ।

बैठकले समितिको कार्यदिशा तथा कार्ययोजनालाई सर्वसम्मत पारित गरेको छ । साथै स्वास्थ्य, शिक्षा, पर्यटन, वैदेशिक रोजगार, अर्थ, उद्योग तथा वाणिज्यलगायतका क्षेत्रमा कोरोनाले पारेको प्रभाव र प्रभाव न्यूनीकरण गर्न हालसम्म सरकारबाट भएका गतिविधिका बारेमा अध्ययन गर्न छुट्टाछुट्टै समूह गठन गर्ने निर्णय पनि गरेको छ ।

कांग्रेसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारले केही गर्न नसकेको भन्दै सडकदेखि सदनसम्म असन्तुष्टि जनाउँदै आएको छ ।

प्रकाशित समय १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु