गृहपृष्ठ बिहार राज्यमा चट्याङ लागेर मृत्यु भएका परिवारलाई चार लाख रूपैयाँ दिने घोषणा
बिहार राज्यमा चट्याङ लागेर मृत्यु भएका परिवारलाई चार लाख रूपैयाँ दिने घोषणा
भारतको बिहार राज्यले चट्याङ मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । समाचारमा जनाइएअनुसार उक्त राज्यका मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गरेका छन् ।
गत बिहीबार मात्र वर्षासँगै परेको चट्याङलले लागेर बिहारमा २२ जनाको ज्यान गएको थियो । मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गरेको भारतीय सञ्चारमाध्यमहले जनाएका छन् । बिहारको विपद् व्यवस्थापन विभागले गत शुक्रबार बिहान चट्याङ लागेर २२ जनाको र अघिल्लो हप्ता कम्तीमा पनि ९२ जनाको ज्यान गएको बताएको थियो ।
बिहारमा मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । (एजेन्सी)
प्रकाशित समय ०७:५१ बजे

















