गृहपृष्ठ कुलमान घिसिङलाई पितृशोक
कुलमान घिसिङलाई पितृशोक
स्व. घिसिङ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । उनका बुवा कृपासिंह घिसिङको ९८ वर्षको उमेरमा आइतबार राति निधन भएको हो ।
उनी सुकेधारास्थित निवासमा बाथरुम जाने क्रममा बेहोस भएका थिए । दीर्घरोग केही पनि नभएका उनलाई तत्काल मेडिकेयर हस्पिटल लगिएको थियो । त्यहीँ उनको राति १० बजे निधन भएको हो ।
स्वर्गीय घिसिङका कुलमानसहित ६ छोरा र तीन छोरी छन् । उनको सोमबार नै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित समय १३:५९ बजे

















