गृहपृष्ठ पूर्वइञ्जिनियरको सम्पत्ति वैधभन्दा अवैध बढी, एक करोड ८५ लाखको भ्रष्टाचार मुद्दा

पूर्वइञ्जिनियरको सम्पत्ति वैधभन्दा अवैध बढी, एक करोड ८५ लाखको भ्रष्टाचार मुद्दा

akhtiyar-newskarobar

अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनियर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवले वैधभन्दा अवैध आय बढिरहेको पाइएको हो । आयोगका अनुसार २०७४ फागुनसम्म दुर्गम तथा स्थानीय भत्ता, कृषि आय, कर्जालगायत एक करोड दुई लाख ७४ हजार ७३९ रूपैयाँ बराबरको रहेको छ ।

आयोगका अनुसार यादव २०३६ मंसिर २ गते सुनसरी मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदमा नियुक्ति भएको र २०७४ फागुन १६ गते अवकाश भएको उल्लेख छ । यादवले श्रीमती राधाकुमारी, छोरी आँचलको नाममा समेत लगानी गरेको पाइएको छ ।

आयोगको अनुसन्धानमा यादवको एक करोड ८५ लाख ११ हजार ७२८ बराबरको आय अवैध रहेको पाइएको छ । आयोगले आरोपी यादवको बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित समय १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु