गृहपृष्ठ मास्क नलगाई घरबाहिर निस्किए प्रहरीले पक्राऊ गर्ने
मास्क नलगाई घरबाहिर निस्किए प्रहरीले पक्राऊ गर्ने
मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राऊ गर्ने भएको छ । घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न निर्देशनसहित ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले सोमबार पत्र पठाएको छ ।
मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरिएको मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।
‘मानिसहरु बिना काममा बाहिर निस्कने, भिडभाड गर्ने, मास्क नलगाउने, सामाजिक दूरी कायम नगरेका कारण संक्रमणको जोखिम बढ्यो । त्यसैले कडाई गर्न लागिएको हो,’ उनले भने । लकडाउन खुकुलो बनाए पनि सरकारले यसअघि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, बिनाकाम बाहिर ननिस्कन भनेको थियो ।
प्रकाशित समय १७:३७ बजे

















