गृहपृष्ठ पोखरामा आकस्मिक रक्तदान, ४१ युनिट रगत संकलन

पोखरामा आकस्मिक रक्तदान, ४१ युनिट रगत संकलन

पोखरामा रगतको अभाव देखिएपछि युथ भोलेन्टियर फर चेञ्जले सोमबार आकस्मिक रक्तदान कार्यक्रम आयोजनामा गरेको छ । कार्यक्रममा ४१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सन्तोष पोख्रेलले जानकारी दिए ।

पोखरा महानगरपालिका- ८ को वडा कार्यालयको प्रांगणमा सम्पन्न कार्यक्रमा बोल्दै राष्ट्रिय युवा परिषदका सदस्य दीलिप न्यौपानेले युवाहरु सकारात्मक चेतनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । त्यसैगरी क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले रगतको संकट व्यवस्थापनका लागि रक्तदानका थप कार्यक्रमहरु आवश्यक रहेको बताए ।

प्रकाशित समय १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु