गृहपृष्ठ सन्दीप लामिछाने ९० हजार डलरमा अनुबन्धित, जमैकाबाट खेल्ने

सन्दीप लामिछाने ९० हजार डलरमा अनुबन्धित, जमैकाबाट खेल्ने

क्यारेबियन प्रिमियर लिग क्रिकेटमा सन्दीप लामिछाने ९० हजार डलरमा अनुबन्धित भएका छन् । उनलाई जमैका तलावाजले आउनले लिगका लागि अनुबन्धित गरेको हो ।

कोरोनाभाइरसबाट कोभिड १९ महामारीका कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउन्डमा छनोट भएका हुन् । सन्दीपको यो अहिलेसम्मकै सर्वाधिक अनुबन्ध पनि हो । लेग स्पिनर सन्दीप ड्राफ्टमा सहभागी ५३७ खेलाडीमध्ये एक्लो नेपाली हुन् ।

सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट क्यारेबियन लिग खेलिसकेका छन् । उनी यसअघिका दुई लिगमा ५ हजार र ७० हजार डलरमा अनुबन्ध भएका थिए ।

प्रकाशित समय ०७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु