गृहपृष्ठ सामाजिक सञ्जालमार्फत हुने नक्कली विज्ञापनको प्रलोभनमा नपर्न अनुरोध
सामाजिक सञ्जालमार्फत हुने नक्कली विज्ञापनको प्रलोभनमा नपर्न अनुरोध
महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महँगो सामान सस्तोमा विक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।
महाशाखाले सोमबार एक सूचना जारी गरी यस्ता गिरोहले ग्राहकलाई विभिन्न बैंक खाता उपलब्ध गराएर पैसा जम्मा गर्न लगाउने तथा आइएमई गर्न भन्ने र पैसा जम्मा भएपछि अर्डरअनुसारको सामान डेलीभरी नगरी ठगी गर्ने गरेको भन्दै सर्वसाधारणलाई सचेत गराएको हो ।
यस्ता केही व्यक्तिलाई अहिले पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिँदै महाशाखाले बजार मूल्यभन्दा कम मूल्यमा सामान पाइने लोभमा नक्कली विज्ञापनको लोभमा नफस्न भनेको छ । महाशाखाका अनुसार यसरी लोभमा फँस्दा जग्गाजमिनसमेत धितो राखेर प्रलोभनमा परी पैसा दिएको पाइएको छ ।
प्रकाशित समय १२:३२ बजे

















