गृहपृष्ठ बेइजिङमा शून्य संक्रमण

बेइजिङमा शून्य संक्रमण

बेइजिङले शहरको प्रमुख थोक खाद्य बजारमा जुन ११ मा पुनः कोभिड–१९ संक्रमित भेटिएपछि पहिलोपटक विगत २४ घण्टामा कुनै नयाँ संक्रमित नभेटिएको जनाएको छ ।

बेइजिङको स्वास्थ्य आयोगले मंगलबार दिएको जानकारीमा जुन ११ पछि सिनफादी बजारसँग जोडिएर संक्रमित विरामीहरू भेटिने गरेको भए पनि पहिलो पटक विगत २४ घण्टामा कुनै कोरोनाभाइरस संक्रमित विरामी नभेटिएको उल्लेख छ ।

समग्रमा पछिल्लो संक्रमण श्रृङ्खलामा अहिलेसम्म ३३५ व्यक्ति संक्रमित भेटिएकोमा १५ जना निको भै घर फर्किसकेका छन् । त्यस्तै ३२० जनाको उपचार भइरहेको र ३१ जनामा संक्रमणका कुनै लक्षण नदेखिएको तर उनीहरूलाई पनि अस्पतालको निगरानीमा राखिएको बताइएको छ ।

चीनमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा आइसकेको घोषणा भएको केही महिनापछि फेरि नयाँ विरामीहरू भेटिएका र तीमध्ये दर्जनौँ विरामीहरू सिनफादी बजारसँग कुनै न कुनै रूपमा जोडिएकाले उक्त बजार र वरपरका करिब उक दर्जन वस्तीमा लकडाउन गरी नियन्त्रण तथा रोकथाम प्रयासलाई सशक्त पारिएको थियो ।

चीनले मंगललबार देशभरका विभिन्न छ प्रान्तका आठ व्यक्तिमा संक्रमण भेटिएको पुष्टि गरेको छ । यससँगै चीनमा पहिले र अहिले गरी कूल ८३ संक्रमितको संख्या हजार ५६५ पुगेको छ भने ७८ हजार ५२८ जना निको भई घर फर्किएका छन् । चीनमा मंगलबारसम्ममा चार हजार ६३४ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय ०७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु