गृहपृष्ठ तातोपानी र रसुवागढी नाकामा प्रक्रियागत जटिलता सहजीकरण गर्न चेम्बरको आग्रह

तातोपानी र रसुवागढी नाकामा प्रक्रियागत जटिलता सहजीकरण गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले तातोपानी र रसुवागढी नाकाका प्रक्रियागत जटिलता सरलीकरण तथा सहजीकरण गर्ने आग्रह गरेका छन् ।

मंगलबार चीनका लागि नवनियुक्त नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेसँग चेम्बरले गरेको भेटघाट कार्यक्रममा श्रेष्ठले आयात–निर्यातको लागि निर्वाध रुपमा नाका सञ्चालन गराउन आग्रह गरेका हुन् । अध्यक्ष श्रेष्ठले चीनको बजारमा कृषि तथा लाइभस्टकका वस्तुहरु निर्यातको प्रचुर सम्भावना भएकाले ती वस्तुहरु चिनियाँ बजारमा सहज तरिकाले प्रवेश पहल गरिदिन अनुरोध गरे ।

नेपालको पर्यटन विस्तारमा चीनको ठूलो भूमिका रहेको बताउँदै उनले भाइरस नियन्त्रणपछि चिनियाँ पर्यटकलाई सहजपूर्वक नेपाल आगमनका लागि प्रवर्द्धन गर्नुपर्ने, हवाई भाडा प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए । राजदूत पाण्डेले चेम्बरबाट प्राप्त सल्लाह सुझावलाई गम्भीरतापूर्वक मनन गरी आफ्नो तर्फबाट सहजीकरण गर्न सहयोग गर्ने बताए । त्यस्तै नेपाल–चीन चेम्बर अफ कमर्शका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनबाट धार्मिक तथा सांस्कृतिक पर्यटक प्रवर्द्धन गर्न आग्रह गरे ।

भेटघाट कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल तथा नेपाल–चीन चेम्बर अफ कमर्शका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित समय १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु