गृहपृष्ठ मैदानमा अभ्यास गरिरहेका फुटबलरमाथि चट्याङ
मैदानमा अभ्यास गरिरहेका फुटबलरमाथि चट्याङ
मैदानमा अभ्यास गरिरहेका बेला रुसको जिनाम्या ट्रुडा क्लबका खेलाडी इभान जाबोरोव्स्कीमाथि चट्याङ बज्रिएको छ । गोलकिपर जाबोरोव्स्कीमाथि गोलपोस्टतिर दौडिरहेका बेलामा चट्याङ बज्रिएको हो ।
मैदानमा एक्लै अभ्यास गरिरहेका १६ वर्षीय जाबोरोव्स्की पेनाल्टी एरियाको छेउमा आइपुग्दा चट्याङ बज्रिएको थियो । उनलाई तत्कालै उपचारका लागि ल्युबेर्त्सीस्थित अस्पताल लगिएको थियो । त्यहाँ उनको सघन उपचार भइरहेको छ । क्लबले जाबोरोव्स्की खतरामुक्त रहेको जनाएको छ ।
प्रकाशित समय १२:२९ बजे

















