गृहपृष्ठ भुवन केसीमाथि शृंखलाबद्ध आरोप, साम्राज्ञीपछि अर्की युवतीको आरोप

भुवन केसीमाथि शृंखलाबद्ध आरोप, साम्राज्ञीपछि अर्की युवतीको आरोप

नायक भुवन केसीमाथि शृंखलाबद्ध रुपमा दुर्व्यवहारको आरोप लागेका छन् । भुवन केसीमाथि क्यानडा बस्दै आएकी एक युवतीले अभिनेता केसीबाट आफूले पनि अप्ठ्यारो अनुभव गरेको बताएकी हुन् । यसअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि डेब्यु सिनेमा ‘ड्रिम्स’को सुटिङका क्रममा केसीबाट दुर्व्यवहार भएको आरोप लगाएकी थिइन् ।

हालै फेसबुकमा अभिनेता केसीसँगको च्याटको स्क्रिन भिडिओ राख्दै स्वेता रेग्मी नामकी युवतीले यस्तो आरोप लगाएकी हुन् । उनले फेसबुक लाइभमा आएर भुवनको बोल्ने शैलीबाट असहज महसुस भएको बताएकी छन् । स्वेताले सार्वजनिक गरेको च्याटको स्क्रिन भिडिओमा आपत्तिजनक लागेका नायक केसीका भनाइहरूमा रातो घेरा लगाएकी छन् ।

लाइभ भिडिओमा स्वेताले साम्राज्ञीसँग प्रत्यक्ष चिनजान नभए पनि उनको दुर्व्यवहारसम्बन्धी भिडिओ हेरेपछि आफूले पनि यसका बारेमा बोल्नुपर्ने लागेर बोलेको बताएकी छन् । उनले क्यानडामा उच्च तहका पुरूष सहकर्मीले निरन्तर आफ्नो पहिरन र शरीरलाई लिएर गरेको अशोभनीय र असहज टिप्पणीबारे काम गर्न छोडेको पाँच वर्षपछि मुद्दा दायर गरेको र मुद्दा जितेको उल्लेख गरेकी छन् ।

प्रकाशित समय १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु