गृहपृष्ठ कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च, एकै दिन थपिए दुई लाख ३० हजार संक्रमित

कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च, एकै दिन थपिए दुई लाख ३० हजार संक्रमित

विश्वभर ७१ लाख ८२ हजार संक्रमित डिस्चार्ज, ४६ लाख ३९ हजारको उपचार हुँदै

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २३ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै विश्वभर दुई लाख ३० हजारभन्दा बढी संक्रमित थपिएपछि कूल संक्रमितको संख्या एक करोड २३ लाख ८७ हजार ४२० पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर पाँच लाख ५७ हजारभन्दा बढीको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै ६ हजारभन्दा बढी संक्रमितको ज्यान गएपछि मृत्यु हुनेको संख्या पाँच लाख ५७ हजार ३९५ पुगेको हो । त्यस्तै अहिलेसम्म ७१ लाख ८७ हजार ३८९ जना डिस्चार्ज भएका छन् ।

विश्वभर कुल संक्रमितमध्ये ४६ लाख ४२ हजारभन्दा बढीको उपचार भइरहेको छ भने ५८ हजार ४५४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ ।

अमेरिकामा गएको २४ घण्टामा मात्रै ६१ हजारभन्दा बढी संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३२ लाख १९ हजार ९९९ पुगेको हो । त्यस्तै अहिलेसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख ३५ हजार नाघेको छ । एकै दिनमा मात्रै ९६० जनाको ज्यान गएपछि मृतकको संख्या एक लाख ३५ हजार ८२२ जनाको ज्यान गएको छ ।

त्यस्तै १४ लाख २६ हजार जना उपचारपछि घर फर्किएका छन् भने १६ लाख ५७ हजार ७४९ जनाको उपचार भइरहेको छ । त्यस्तै १५ हजार ६४५ जना संक्रमितको अवस्था चिन्ताजनक रहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।

ब्राजिलमा पनि संक्रमितको संख्या एकै दिनमा ४२ लाखभन्दा बढी पुगेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना संक्रमितको संख्या १७ लाख ५९ हजार १०३ पुगेको छ । त्यस्तै ६९ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै एक हजार १९९ जनाको ज्यान गएपछि मृतकको संख्या ६९ हजार २५४ पुगेको हो ।

त्यस्तै ११ लाख ५२ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् भने पाँच लाख ३७ हजार ३८२ जनाको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि आठ हजार ३१८ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

प्रकाशित समय ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु