गृहपृष्ठ डीएसपीसहित ८ प्रहरीको हत्या गर्ने गुण्डा नाइके विकास दुबेको ‘इन्काउन्टर’
डीएसपीसहित ८ प्रहरीको हत्या गर्ने गुण्डा नाइके विकास दुबेको ‘इन्काउन्टर’
डीएसपीसहित ८ प्रहरीको हत्या गरेका एक जना गुण्डा नाइकेलाई इन्काउन्टर गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय राज्य उत्तर प्रदेश कानपुरका गुण्डा नाइके विकास दुबेलाई शुक्रबार प्रहरीले इन्काउन्टर गरेको हो ।
दुबेलाई लिएर आइरहेको उत्तर प्रदेशको एसटिएफको गाडी पल्टिएपछि प्रहरीको हतियार खोसेर भाग्न खोज्दा प्रहरीले गरेको जवाफी हमलामा दुबे मारिएको भारतीय संचारमाध्यमले दाबी गरेका छन् । दुबेलाई लिएर आउने क्रममा सो गाडी कानपुर नजिक दुर्घटनामा परेको थियो।

असार १८ गते आफूलाई पक्राउ गर्न आएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर हमला गर्दा घटनामा एक डीएसपी, तीन सब–इन्सपेक्टर र चार कन्स्टेबल मारिएका थिए । हत्यापछि फरार रहेका दुबेलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो । (एजेन्सी)

प्रकाशित समय ०८:५१ बजे

















