गृहपृष्ठ तमोरमा पानीको बहाव बढ्दै जाँदा सप्तकोसीमा खतरा

तमोरमा पानीको बहाव बढ्दै जाँदा सप्तकोसीमा खतरा

सप्तकोसी ।

नेपालकै सबैभन्दा ठूलाे नदी सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तर वर्षापछि आएको बाढीका कारण सप्तकोशीमा शुक्रबार दिउँसो पानीको बहाव २ लाख ५६ हजार ६२६ क्युसेक पुगेको छ ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार यो बहाव यस वर्षकै उच्च हो । पानीको बहाव बढेपछि ५६ मध्ये ३२ वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।

सप्तकोसीको सहायक नदी तमोरमा पनि जल सतहले सतर्कता तह पार गरेको र थप बढ्न सक्ने बताइएको छ । तमोर मुलघाट जलमापन केन्द्रका अनुसार जल सतह अझै बढ्ने सम्भावना छ । सुनसरी र सप्तरीको तल्लो तटीय क्षेत्रमा रातिसम्मै सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी गराएको छ ।

भारतले पाँच वर्षअघि कोसीको बीचमा पाइलट च्यानल बनाएपछि सप्तरीतिर बहाव फर्केको छ । सम्भावित जोखिमका कारण प्रहरीले कोसी किनारका बस्ती खाली गराउन सुरू गरेको छ ।

प्रकाशित समय १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु