गृहपृष्ठ देशैभरी वर्षाको बितन्डा : १४ स्थानमा पहिरो, १० जनाको मृत्यु, १२ जना वेपत्ता

देशैभरी वर्षाको बितन्डा : १४ स्थानमा पहिरो, १० जनाको मृत्यु, १२ जना वेपत्ता

वर्षा यामको मध्यसँगै विगत २४ घण्टा यता भइरहेको भारी वर्षाले देशका १४ स्थानमा पहिरो जाँदा १० जनाको मृत्यु भएको र १२ जना हराइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरणा तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सिन्धुपाल्चोक, कास्की, लमजुङ, धनकुट्टा, सिन्धुली, मकवानपुर र प्युठानमा पहिरोले क्षति पुर्‍याएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा हिजो गएको पहिरोमा २ जनाको मृत्यु भएको, २१ जना बेपत्ता र ७ जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ ।

कास्कीको पोखरा महानरपालिका साराङकोटमा पहिरोमा परेर ४ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएको, हेम्जामा पहिरोमा परि १ जनाको मृत्यु भएको छ । साराङकोट गोठादीस्थित एउटा घरमा पहिरोले पुग्दा जन्मदिनको पार्टीमा आएका पाहुनसहित ४ जनाको मृत्यु भएको र ९ जना घाइते भएका थिए । यस्तै, पोखराकै छोरेपाटनका पहिरोमा परी ३ जना घाइते भएका छन् भने पोखरा नगरपालिकाकै वडा २६ मा पहिरोमा परेर एक जना बेपत्ता भएको प्राधिकरणले जानकारी दिएको छ ।

यसैगरी, लुमजुङको बेसिशहर नगरपालिकाको सात बिसेमा गएको पहिरोमा परेर ३ जनाको मृत्यु भएको, ३ जना घाइते भएको धनकुट्टामा ढुंगा खसेर १ जनाको मृत्यु भएको प्राधिकरणले जानकारी दिएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका मराङ रिखामा घण्टीबाङ भीरबाट अचानक आएको पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन् ।

यसबाहेक ठाउँठाउँमा पहिरो जाँदा सिन्धुलीका ३ स्थान, मकवानपुर र प्युठान गरी ४ ठाउँमा बाटो अवरुद्ध भएको प्राधिकरणले बताएको छ ।

प्रकाशित समय १५:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु