गृहपृष्ठ महोत्तरीमा मास्क प्रयोग नगर्ने ५ हजार बढी नियन्त्रणमा

महोत्तरीमा मास्क प्रयोग नगर्ने ५ हजार बढी नियन्त्रणमा

महोत्तरीमा मास्क प्रयोग नगर्ने पाँच हजार बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश विष्टका अनुसार विगत चार दिनमा जिल्ला सदरमुकाम जलेश्वरसहितका बजारमा मास्क प्रयोग नगरी हिँड्ने पाँच हजार ६०३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तीमध्ये एक हजार ५७१ महिला र चार हजार ३२ पुरुष रहेका छन् ।

मास्क प्रयोग नगरी हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर २ घण्टा उभ्याएको छ भने मास्क गोजीमा भएकालाई मास्क प्रयोग गराएको र नभएकालाई मास्क वितरण गरेको छ । साथै उनीहरुलाई सम्झाइ-बुझाई छाडेका छन् ।

अहिले प्रहरीले मास्क नलगाउनेलाई नियन्त्रणमा लिने, मास्क लगाउने जस्ता क्रियाकलाप अगाडि बढाएको छ भने जिल्लावासीको बानी बेहोरामा सुधार नआए दण्ड जरिवाना जस्तो कार्यक्रमसमेत ल्याउने तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विष्टले बताए ।

प्रकाशित समय २१:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु