गृहपृष्ठ मानसिक रोगी महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ

मानसिक रोगी महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

धनुषाको विदेह नगरपालिका- ४, तीनकौरियामा मानसिक रोगी महिलालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बलात्कार अभियोगमा प्रहरीले शहिदनगरपालिका- ६ का ३० वर्षीय भागवती मण्डललाई पक्राउ गरेको हो ।

स्थानीय दुर्गामन्दिरमा सुतिरहेकी ३५ वर्षीया ती महिलालाई शनिबार बिहान ३ बजे अभियुक्त मण्डलले बलात्कार गरेको आरोप छ । पक्राउ परेका मण्डलले गल्ति स्वीकार गरेको प्रहरीले जनाएको छ ।

पीडित महिला मानसिक रोगी भएकाले एक सामाजिक संस्थाको अगुवाईमा प्रहरीले उजुरी दर्ता गरेको छ । पीडित महिलाको प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित समय १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु