गृहपृष्ठ ७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ
७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ
७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका- २७ सुनाकोठी डेरा गरी बस्ने धादिङ धुनवेसी नगरपालिका- ९ घर भएका २५ वर्षीय सुरेन्द्र तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १८:०० बजे

















