गृहपृष्ठ जुनमा अमेरिकी बजेट घाटा आठ खर्ब ६४ अर्ब डलर

जुनमा अमेरिकी बजेट घाटा आठ खर्ब ६४ अर्ब डलर

संयुक्त राज्य अमेरिकाको संघीय बजेट घाटा जुनमा अत्यधिक उच्च विन्दूमा पुगेको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को संक्रमणका कारण निकै प्रभावित विश्व शक्ति राष्ट्र अमेरिकामा जुनमा बजेट घाटा आठ अर्ब ६४ करोड अमेरिकी डलर पुगेको मन्त्रालयद्वारा सोमबार सार्वजनिक तथ्यांकमा उल्लेख छ । यससँगै सन् २०२० को पहिलो छ महिनामा अमेरिकामा व्यापार घाटा अहिलेसम्मकै उच्च २७ खर्ब रहेको तथ्यांकमा उल्लेख छ ।

जुनमा अमेरिकी सञ्चितीमा पनि पाँच अर्ब अमेरिकी डलरले कमी आएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कुनै तथ्यांकलाई उद्धृत नगरीकनै जुनका लागि लिएको लक्ष्य पूरा गर्न संघीय प्रशासन असफल भएको तथ्यांकले देखाएको छ ।

सन् २०२० को पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्रमा पाँच प्रतिशतले संकुचन आएको र यो संकुचन सन् २००८/०९ देखिएको विश्वव्यापी वित्तीय संकटपछि पहिलो पटक उच्च देखिएको हो ।

कोभिड–१९ को महामारीका कारण अमेरिकी ५० राज्यमध्ये अधिकांश राज्यमा लकडाउन वा कोरोना नियन्त्रणका लागि भएका प्रयासका कारण व्यवसायिक गतिविधि प्रभावित भएको कारण अर्थतन्त्रमा संकुचन आएको अमेरिकी अर्थ मन्त्रालयको दावी रहेको छ । (एजेन्सी)

प्रकाशित समय ०७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु