गृहपृष्ठ नेपालमा १६७ जना थपिए कोरोना संक्रमित
नेपालमा १६७ जना थपिए कोरोना संक्रमित
नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार तीन सय नाघेको छ । गएको २४ घण्टामा १६७ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको हो ।
त्यस्तै एकैदिनमा २२४ जना उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म ११ हजार २४९ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै अहिलेसम्म तीन लाख तीन हजार ८१० जनाको पीसीआर परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै चार हजार ९८१ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १६:३४ बजे

















