गृहपृष्ठ ब्राजिलमा संक्रमितको संख्या २० लाख नाघ्यो, भारतमा १० लाख ५६ हजारमा संक्रमण

ब्राजिलमा संक्रमितको संख्या २० लाख नाघ्यो, भारतमा १० लाख ५६ हजारमा संक्रमण

ब्राजिलमा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ भने भारतमा पनि १० लाख ५६ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४३ हजार ८२९ जना नयाँ संक्रमितको संख्या थपिएपछि कुल संक्रमितको संख्या २० लाख १४ हजार ७३८ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि ब्राजिलमा बढेको छ । पछिल्लो २४ घण्टामा एक हजार २१९ जनाले ज्यान गुमाएका छन् भने अहिलेसम्म ७६ हजार ८२२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै डिस्चार्ज हुनेको संख्या १३ लाख ६६ हजार ७७५ पुगेको छ ।

भारतमा पनि कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट भारतमा ३५ हजार ४६८ जना नयाँ संक्रमितको संख्या थपिएपछि कुल संक्रमित १० लाख ५६ हजार ३७ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६८० जनाले ज्यान गुमाएका छन् भने अहिलेसम्म भारतमा २५ हजार ६०९ जनाको ज्यान गुमाएको बताइएको छ । त्यस्तै ६ लाख ३६ हजार ६०२ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित समय १०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु