गृहपृष्ठ ३३ सयको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि

३३ सयको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि

नेपालमा ३३ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा देशभर तीन हजार ३३१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म तीन लाख ११ हजार ८२९ जनामा परीक्षण गर्दा १७ हजार ५०२ जनामा कोरोना परीक्षण पुष्टि भएको छ । शनिवार मात्रै ५७ जनामा संक्रमण र १०३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ भने ४० जनाको ज्यान गएको छ ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु