गृहपृष्ठ ५७ जना संक्रमित थपिए, १ सय ३ जना संक्रमणमुक्त

५७ जना संक्रमित थपिए, १ सय ३ जना संक्रमणमुक्त

नेपालमा शनिबार ५७ जना कोरोनाभाइरस (कोभिड- १९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार शनिबार ३ हजार ३ सय ३१ वटा नमुना पीसीआर विधिबाट परीक्षण भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । विगत २४ घण्टामा १ सय ३ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त हुनेको कुल संख्या ११ हजार ६ सय ३७ जना पुगेको छ ।

यस्तै नेपालभरमा २३ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ८ सय २५ जना आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले  जानकारी दिए ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु