गृहपृष्ठ कोरोनाबाट १४ मुलुकमा १६० नेपालीको मृत्यु

कोरोनाबाट १४ मुलुकमा १६० नेपालीको मृत्यु

विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड- १९) बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ ।

शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाउँदै संघले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत संक्रमणमुक्त भएका बताएको छ । (रासस)

प्रकाशित समय ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु