गृहपृष्ठ कांग्रेसबाट सुवर्ण ज्वारचन सांसद बन्दै, आज दुई बजे सपथ
कांग्रेसबाट सुवर्ण ज्वारचन सांसद बन्दै, आज दुई बजे सपथ
प्रतिनिधिसभाको समानुपातिकतर्फ रिक्त एक पदको लागि आज गुल्मीकी सुवर्ण ज्वारचनले पद तथा गोपनीयताको सपथ लिने भएकी छन् । नेपाली कांग्रेसको तर्फबाट बाग्लुङबाट प्रतिनिधित्व गर्ने ज्ञान कुमारी छन्त्यालको २०७७ असार १७ गते निधन भएपछि प्रतिनिधि सभा सदस्यको सो स्थान रिक्त छ ।
छन्त्यालको निधन भएपछि उनको स्थानमा ज्वारचनलाई सांसद बनाउन संसद सचिवालयमा नाम सिफारिस गरेको थियो । आज आइतबार दिउँसो २ बजे संघीय संसद सचिवालयको कृषि समितिको हलमा सभामुख अग्नि सापकोटाले ज्वारचनलाई पद तथा गोपनीयताको सपथ खुवाउने संसद सचिवालयले जनाएको छ ।
समानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही सामावेशी समूहअन्तर्गत पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति स्वतः सांसद बन्न पाउने कानुनी व्यवस्था छ ।
प्रकाशित समय १२:४३ बजे
















