गृहपृष्ठ भोलिदेखि सार्वजनिक यातायात सञ्चालन

भोलिदेखि सार्वजनिक यातायात सञ्चालन

भोलिदेखि छोटो दुरीका सार्वजनिक सवारी साधनहरु सञ्चालनमा आउने भएका छन् ।

सरकारले गरेको असार २६ को निर्णयअनुसार व्यवसायीहरु सहमतिमा नआएपछि सवारी साधनहरु सञ्चालनमा आएका थिएनन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा आफ्नो मागहरु सम्बोधन गरेको भन्दै भोलि सोमबारदेखि यातायात सञ्चालन गर्ने बताएका छन् ।

यातायात व्यवस्था विभागमा आइतबार भएको छलफलमा भोलिदेखि सार्वजनिक सञ्चालन गर्न सहमति भएपछि स्वास्थ्य सुरक्षाका साथ लागू गर्न विभागका महानिर्देशक गोगनबहादुर हमालले आग्रह गरेका छन् ।

प्रकाशित समय १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु