गृहपृष्ठ ‘ग्याङ फाइट’मा संलग्न २ जना पक्राउ
‘ग्याङ फाइट’मा संलग्न २ जना पक्राउ
धनगढी उपमहानगरपालिका- १३, राजपुरमा भएको ‘ग्याङ फाइट’मा संलग्न भई खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी- ३ का २२ वर्षीय सन्नी नेपाली र वडा नं. २ का दिपेन्द्र भण्डारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका नेपालीको साथबाट खुकुरी र भण्डारीको साथबाट तरवार बरामद गरिएको छ । दुवै जना यसअघि पनि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न भएको हुन सक्ने आशंकामा उनीहरुको पहिचान र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३, राजपुरमा ‘ग्याङ फाइट’ हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार राति दुई समूहबीचको झडपका क्रममा खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित समय १६:०६ बजे

















