गृहपृष्ठ थप १८६ जनामा कोरोना संक्रमण
थप १८६ जनामा कोरोना संक्रमण
नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय नाघेको छ । गएको २४ घण्टामा मात्रै १८६ जना थपिएपछि कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म ११ हजार आठ सयभन्दा बढी संक्रमित डिस्चार्ज भएका छन् । गएको २४ घण्टामा मात्रै १७३ जना उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै अहिलेसम्म नेपालमा तीन लाख १९ हजार ८७२ जनाका पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा मात्रै चार हजार ३०२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
प्रकाशित समय १६:३१ बजे

















