गृहपृष्ठ कोरोनाबाट मृत्युदर निरन्तर घट्दै, ६० प्रतिशत संक्रमित निको भए
कोरोनाबाट मृत्युदर निरन्तर घट्दै, ६० प्रतिशत संक्रमित निको भए
नोवेल कोरोनाभाइरस (कोभिड १९)बा मृत्यु हुने दर निरन्तर घट्दै गएको छ भने निको भएर घर फर्किनेको संख्या बढ्दै गएको छ ।
असार २३ गतेको तथ्यांकसँग तुलना गर्दा निको हुने दर बढ्ने र मृत्युदर घट्ने क्रममा ठूलो अन्तर देखिन्छ । असार २३ सम्म कुल संक्रमितको ५४.३९ प्रतिशत निको भएर घर फर्किएकोमा आज (साउन ६) गतेसम्ममा ५९.९७ प्रतिशत संक्रमित सफल उपचारपछि घर फर्किएका छन् ।
अहिलेसम्मको तथ्यांकअनुसार विश्वभर कुल १ करोड ४८ लाख ५१ हजार मानिस संक्रमित भएकोमा ८९ लाख ६ हजार २९७ मानिस निको भएका हुन् । त्यस्तै मृत्युदर पनि आजसम्ममा ४.१३ प्रतिशतमा ओर्लिएको छ । असार २३ गते मृत्युदर ४.६१ प्रतिशत थियो । मंगलबार बिहानसम्ममा कोरोनाबाट ६ लाख १३ हजार १४६ जनाको ज्यान गएको छ ।
बितेका २४ घण्टामा २ लाख ५ हजार नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ४६ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा सर्वाधिक ३९ लाख ६१ हजार, ब्राजिलमा २१ लाख २१ हजार र भारतमा ११ लाख ५४ हजार संक्रमित छन् । २४ घण्टाको अविधमा ब्राजिलमा सर्वाधिक ७१८, भारतमा ५९६ र अमेरिकामा ५४५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको वर्ल्डोमिटरले जनाएको छ ।
प्रकाशित समय ०७:४१ बजे

















