गृहपृष्ठ अमेरिका, भारत र ब्राजिलमै विश्वभरका आधा कोरोना संक्रमित

अमेरिका, भारत र ब्राजिलमै विश्वभरका आधा कोरोना संक्रमित

विश्वभर कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या १ करोड ४८ लाख २० हजार नाघेको छ । त्यसमध्ये अमेरिका, भारत र ब्राजिलमा मात्रै ७२ लाख ३९ हजार संक्रमित छन् । यो कुल संक्रमितको ४८.७२ प्रतिशत हो ।

अमेरिकामा ३९ लाख ६१ हजार, ब्राजिलमा २१ लाख २१ हजार र भारतमा ११ लाख ५६ हजार संक्रमित छन् । विश्वको कुल संक्रमितमध्ये अमेरिकामा २६.६६, ब्राजिलमा १४.२८ र भारतमा ७.७८ प्रतिशत संक्रमित छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट ३० भन्दा बढी देश मुक्त भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यी तीन देशमा २ लाख ५२ हजार १८४ जनाको कारोनाबाट ज्यान गइसकेको छ । यो कुल मृतकको ४१ प्रतिशतभन्दा बढी हो । विश्वभर हालसम्म कोभिड १९ बाट ६ लाख १३ हजार ३४१ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित समय १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु