गृहपृष्ठ आइफोन एसई २०२० नेपाली बजारमा

आइफोन एसई २०२० नेपाली बजारमा

आइफोन एसई २०२० नेपाली बजारमा सार्वजनिक भएको छ । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले आईफोन एसई सार्वजनिक गरेको हो ।

यो फोन ६४ जिबी, १२८ जिबी र २५६ जिबीमा कालो, सेतो र रातो कलर अप्सनमा उपलब्ध रहेको नेक्स्ट कम्युनिकेसनले जनाएको छ । एसई ६४ जिबीको बजार मूल्य ७० हजार, १२८ जिबीको बजार मूल्य ७५ हजार र २५६ जिबीको बजार मूल्य ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

ग्राहकलाई असली एप्पल उत्पादनहरु आधिकारिक च्यानलबाट मात्र खरिद गर्न, सक्कली भ्याटबिल लिन र एप्पलका उत्पादनहरुमा एक वर्षको वारेन्टी सुनिश्चित गर्न कम्पनीले अनुरोध पनि गरेको छ । नेपालमा एप्पलका आधिकारिक डिलरहरु इभो स्टोर, ओलीज, फ्युचर वल्र्ड, आइस्टोर, राइजिङ मल, क्वालिटी कम्प्युटर (बिर्तामोड, झापा) हुन् ।

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु