गृहपृष्ठ नेपालमा कुन जिल्लामा कति डिस्चार्ज ?

नेपालमा कुन जिल्लामा कति डिस्चार्ज ?

नेपालमा कोरोना संक्रमण घट्दै गएको छ । पछिल्लो केही दिन यता करिब ५०/६० जनाको हाराहारीमा दैनिक संक्रमण देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभर १२ हजार ६८४ जना उपचारपछि घर फर्किसकेका छन् । त्यस्तै ४२ जनाको ज्यान गएको छ भने १८ हजार ९४ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चार जिल्ला संक्रमणयुक्त भएका छन् । मुस्ताङ, मनाङ, संखुवासभा र भोजपुरमा संक्रमित सबै डिस्चार्ज भएका छन् । कोरोना नेपाल डट लाइभका अनुसार सबैभन्दा बढी रौतहटमा डिस्चार्ज भएका छन् ।

प्रकाशित समय ०७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु