गृहपृष्ठ कोरोना संक्रमित ७० प्रतिशत नेपाली उपचारपछि घर फर्किए
कोरोना संक्रमित ७० प्रतिशत नेपाली उपचारपछि घर फर्किए
नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमित ७० प्रतिशत नेपाली सफल उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्मका कोरोना संक्रमित १८ हजार ९४ जनामध्ये १२ हजार ६८४ जना निको भएर घर फर्किएका हुन् ।
यो संख्या विश्वभरको औसत निको हुने दरभन्दा १० प्रतिशत बढी हो । विश्वभरमा बुधबार रातिसम्ममा १ करोड ५१ लाख ७२ हजार मानिस संक्रमित भएकोमा ९१ लाख ६८ लाख ठिक भएका छन् । यो कुल संक्रमितको ६०.४३ प्रतिशत हो ।
बितेका १२ घण्टामा करिब ८८ हजार संक्रमित थपिएका छन् भने ३ हजार १२२ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय २१:२८ बजे

















