गृहपृष्ठ सीतापाइलामा युवतीलाई एसिड हान्ने दुई जना पक्राउ

सीतापाइलामा युवतीलाई एसिड हान्ने दुई जना पक्राउ

सीतापाइलामा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको जनाएको हो ।

रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई बिहीवार राति ११ बजे डल्लुबाट पक्राउ गरेको हो । उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएका छन् ।

प्रकाशित समय ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु