गृहपृष्ठ ३३ सयको पीसीआर परीक्षणमा १३० जनामा संक्रमण
३३ सयको पीसीआर परीक्षणमा १३० जनामा संक्रमण
कोरोना संक्रमणको आशंका गरिएका ३३ सय जनाको पीसीआर परीक्षण गर्दा १३० जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका आइतबार १३० जना संक्रमित थपिएका हुन् । योसँगै संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।
त्यस्तै आइतबार ७५ जना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जितेर घर फर्किनेको संख्या १३ हजार १२८ पुगेको छ भने ज्यान गुमाउनेको संख्या पनि ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १६:३४ बजे

















