गृहपृष्ठ महालक्ष्मी विकास बैंकमा ९.९९% ब्याजदरमा आवास र उद्यमशीलकर्जा

महालक्ष्मी विकास बैंकमा ९.९९% ब्याजदरमा आवास र उद्यमशीलकर्जा

mahalaxmi bikash bank newskarobar

महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ ।

बैंकले दुवै कर्जा योजनामा ऋणीका लागि ९.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथैकर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने छ ।

आवासकर्जा योजनाअन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई वर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रीम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना बिमा जस्ता आकर्षक सुबिधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

उद्यमशील कर्जा योजनाअन्तर्गत ऋणिका लागि धितो मुल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रीम कर्जा प्रवाह गर्नेजस्ता सुविधाहरु प्रदान गर्ने बंैकले जनाएको छ ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी उद्यमशील कर्जा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत् सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

प्रकाशित समय १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु