गृहपृष्ठ कोरोनाबाट डिस्चार्ज हुनेको संख्या एक करोड सात लाख नजिक
कोरोनाबाट डिस्चार्ज हुनेको संख्या एक करोड सात लाख नजिक
विश्वरभर एक करोड ७१ लाख ८८ हजार व्यक्तिमा कोरोना संक्रमण
विश्वभर कोरोना भाइरसबाट डिस्चार्ज हुनेको संख्या एक करोड सात लाख नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै हजारौंको संख्यामा संक्रमित उपचारपछि घर फर्किएपछि डिस्चार्ज हुनेको संख्या एक करोड ६ लाख ९८ हजार २०२ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वरभर एक करोड ७१ लाख ८८ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै करिब तीन लाख जनामा संक्रमण देखिएको छ ।
त्यस्तै ६ लाख ७० हजार २०७ जनाको ज्यान गइसकेको छ भने ५८ लाख १९ हजारको उपचार भइरहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।
प्रकाशित समय १०:२७ बजे

















