गृहपृष्ठ इराकमा सन् २०२१ को जुन ५ मा निर्वाचन हुने
इराकमा सन् २०२१ को जुन ५ मा निर्वाचन हुने
इराकमा आगामी सन् २०२१ को जुन ६ मा संसदीय निर्वाचन हुने भएको छ । प्रधानमन्त्री मुस्तफा अल कादिमीले शुक्रबार निर्वाचनको मिति घोषणा गरेका हुन् ।
उनले निर्वाचनलाई सरकारको राजनीतिक कार्यक्रम अन्तर्गतको कार्यक्रमका रुपमा पनि उल्लेख गरेको छ । ‘म यो घोषणा गर्न चाहन्छु कि आगामी सन् २०२१ को जुन ६ तारिखका दिन हाम्रो देशको संसदीय निर्वाचन गरिने छ, यसमा हामी सबैको सहयोग र समर्थन हुनुपर्दछ,’ उनले भनेका छन् ।
टेलिभिजन सन्देशका क्रममा उनले अब हुन लागेको निर्वाचन समयावधिभन्दा अगाडिको अग्रिम निर्वाचन हुने पनि जानकारी दिए । उनले निर्वाचनका लागि आवश्यक सवै कानुन पारित गरेर अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पठाउन पनि आग्रह गरेका छन् ।
उनले अन्तर्राष्ट्रिय पर्यवेक्षकका साथमा निर्वाचन आयोगले पर्याप्त गृहकार्य गरेर स्वतन्त्रतापुर्वक निर्वाचन गराउन पाउने पनि जानकारी गराएका छन् । (एजेन्सी)
प्रकाशित समय ०८:०६ बजे

















