गृहपृष्ठ ‘भारतले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्नुपर्छ’
‘भारतले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्नुपर्छ’
नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न भारतसँग आग्रह गरेका छन् । यहाँस्थित पाकिस्तानी राजदूतावाससँगको साझेदारीमा नेपाल-पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले मंगलबार दूतावासमा आयोजना गरेको कार्यक्रममा उनले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै समस्याको शीघ्र समाधान खोजिनुपर्नेमा जोड दिए ।
कार्यक्रम भारतले आफ्नो संविधानबाट काश्मिरसम्बन्धी धारा ३७० खारेज गरेको एक वर्ष पूरा भएका सन्दर्भमा आयोजना गरिएको थियो । राजदूत जावेदले बितेका एक वर्षमा भारत प्रशासित काश्मिरमा मानवाधिकार उल्लंघनका धेरै घटना भएका र त्यसको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई समेत भएको बताउँदै काश्मिरीको आत्मनिर्णयको अधिकारको सुनिश्चितता तथा निष्पक्ष एवं स्वतन्त्र जनमतसंग्रहका लागि सघाउन अन्तरराििष्ट्रय समुदायसँग आग्रह गरे ।
‘दक्षिण एशियाको शान्ति, प्रगति र स्थायित्वका निम्ति काश्मिर समस्याको शीघ्र समाधान हुनुपर्छ, काश्मिरी जनतासँग पाकिस्तान सरकारको समर्थन छ,’ राजदूत जावेदले भने । सत्तरी वर्षदेखिको द्विपक्षीय समस्याले दक्षिण एशियामा अस्थिरता निम्तिएको उनले बताए ।
प्रकाशित समय १६:२४ बजे

















