गृहपृष्ठ २१ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, थप २५९ जनामा संक्रमण पुष्टि
२१ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, थप २५९ जनामा संक्रमण पुष्टि
काठमाडौंमा ४८, भक्तपुरमा १३ र ललितपुरमा १ जना थपिए
कोरोना भाइरस संक्रमितको संख्या २१ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा २ सय ५९ जना थपिएको जनाएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएकासहित देशभर संक्रमितको संख्या २१ हजार ९ पुगेको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घन्टामा थप एकजनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये १५ हजार २६ जना उपचारपछि घर फर्किएका छन् । हालसम्म नेपालका काेराेनाबाट ५८ जनाको ज्यान गएको छ ।
प्रकाशित समय १६:२८ बजे

















