गृहपृष्ठ विज्ञहरूको सुझाव ‘कडा लकडाउन’, सीसीएमसी र स्वास्थ्य मन्त्रालयसँग छलफलपछि निर्णय

विज्ञहरूको सुझाव ‘कडा लकडाउन’, सीसीएमसी र स्वास्थ्य मन्त्रालयसँग छलफलपछि निर्णय

आवश्यक परे कर्फ्यू, प्रधानमन्त्री ओलीसमेत सकारात्मक

केही दिनयता क्रमश: फैलिइरहेकाे कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि विज्ञसँग परामर्श गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकका सहभागीहरूले कम्तीमा दुई हप्तासम्म ‘कडा लकडाउन’ गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसाे भएको छलफलमा विज्ञहरुले समुदायस्तरमै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिने दर बढेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ अपनाउन सुझाव दिएका छन् । आवश्यक परे कर्फ्यूसमेत लगाउनुपर्ने उनीहरूकाे सुझाव छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाका अनुसार विज्ञहरूबाट प्राप्त सुझावहरूलाई के कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालय, सीसीएमसी र मन्त्रिपरिषदमा छलफल गरेर सरकारले निर्णय लिनेछ । जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरुले दिएको सो सुझावप्रति प्रधानमन्त्री ओलीसमेत सकारात्मक रहेकाे बताइएकाे छ ।

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार २ सय ५९ जनामा संक्रमण देखिएकाे छ । संक्रमितमध्ये १५ हजार २६ जना उपचारपछि घर फर्किएका छन् । हालसम्म नेपालका काेराेनाबाट ५८ जनाको ज्यान गएको छ ।

प्रकाशित समय १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु