गृहपृष्ठ सुदूरपश्चिममा सम्भावित सबैको कोरोना परीक्षण हुने
सुदूरपश्चिममा सम्भावित सबैको कोरोना परीक्षण हुने
सुदूरपश्चिममा ज्वरो आएका वा खोकी लागेका तथा सास फेर्न कठिनाई भएकाहरुको कोरोना परीक्षण हुने भएको छ । यसबारे सम्बन्धित निकायहरुमा निर्देशन दिएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए ।
प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै कोभिड- १९ को नयाँ मापदण्ड तय भएका कारण जिब्रोले स्वाद अथवा गन्ध थाहा नपाउने तथा झाडापखाला लागेको व्यक्तिहरुको स्थानीय तहमार्फत कोरोना परीक्षण गर्न निर्देशन दिएको उनले जानकारी दिए । ‘प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालबाट ती बिरामीहरुको नमूना संकलन गरी धनगढी अथवा डडेल्धुरा प्रयोगशालामा पठाउन स्वास्थ्य कार्यालयहरुलाई अनुरोध गरिसकिएको छ,’ उनले भने ।
त्यस्तै प्रदेशभरका सम्पूर्ण ६० वर्ष उमेर माथिका दीर्घरोगी, कोभिड- १९ फैलिएको स्थानबाट आएका वा विदेशबाट आएका सबै व्यक्ति, संक्रमितको परिवारका कम्तिमा दुईजना र संक्रमितको सम्पर्कका आएका सबैको समेत कोरोना परीक्षण गर्न भनिएको स्वास्थ्य निर्देशक अवस्थीले बताए ।
प्रकाशित समय १९:०५ बजे
















