गृहपृष्ठ बलात्कार आरोपमा वडासचिव पक्राउ
बलात्कार आरोपमा वडासचिव पक्राउ
कैलालीको भजनी नगरपालिका वडा नम्वर ४ का वडासचिव बलात्कारको आरोपमा पक्राउ परेका छन् । वडासचिव सुमनकुमार चौधरीलाई एक महिलाले बलात्कारको आरोप लगाउँदै उजुरी दिएपछि पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा चौधरीले आफूलाई बलात्कार गरेको भन्दै ति महिलाले उजुरी दर्ता गरेपछि चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर हिक्मत थापाले जानकारी दिए ।
चौधरीविरुद्ध जबर्जस्ती करणीमा उजुरी परेको उनले बताए । घटनालाई स्थानीयस्तरमै मिलाउने प्रयाससमेत भएको स्थानीयले बताएका छन् । घटना मिलाउने कार्यमा जनप्रतिनिधि नै संलग्न रहेको स्रोतको दावी छ । महिलाले सदरमुकाममै पुगेर उजुरी दर्ता गरेपछि मात्र घटना सार्वजनिक भएको हो ।
प्रकाशित समय १४:२९ बजे

















